Kathmandu Press

माटोको ढिस्काले पुरिएर दुई बालकको मृत्यु

रोल्पा, जेठ २९ : रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ।रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय...
माटोको ढिस्काले पुरिएर दुई बालकको मृत्यु
Hardik ivf

रोल्पा, जेठ २९ : रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेबिड खड्का र दुई वर्षीय इशान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए।

उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो।

प्रकाशित मिति: १३:३२ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्