Kathmandu Press

पुटिनद्वारा इसीएचआर निर्णयहरूको पालना नगर्ने कानूनमा हस्ताक्षर

पुटिनद्वारा इसीएचआर निर्णयहरूको पालना नगर्ने कानूनमा हस्ताक्षर

मस्को, जेठ २९ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले मानव अधिकारको युरोपेली अदालत (इसीएचआर) को निर्णयको पालना नगर्ने कानूनमा हस्ताक्षर गरेको क्रेमलिनले शनिबार जनाएको छ।

कानूनअनुसार रूसले युरोपेली काउन्सिलबाट बाहिरिने घोषणा गर्दा मार्च  १५ पछि अपनाईएको इसीएचआर नियमहरू पालना गर्नेछैन ।

साथै, ईसीएचआर द्वारा मूल्याङ्कन गरिएको क्षतिपूर्ति रूबलमा मात्र बनाइनेछ र रूसी बैंकहरूका खाताहरूमा मात्र हस्तान्तरण गरिनेछ। उक्त विधेयक फेडरेशन काउन्सिल वा रुसी संसद्को माथिल्लो सदनले बुधबार स्वीकृत गरेको हो।

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, जेठ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्