Kathmandu Press

मकवानपुरमा सवारी दुर्घटना हुँदा बाबुछोरीको मृत्यु

मकवानपुर, जेठ २९ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय ५५...
मकवानपुरमा सवारी दुर्घटना हुँदा बाबुछोरीको मृत्यु

मकवानपुर, जेठ २९ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्र्षीय ईश्वर तामाङका र २६ वर्षीया अमिना तामाङ (बाबुछोरी) रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
 
उनका अनुसार बाराबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय एनएल ०१ एल २९७१ नम्वरको ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ना६१प ४५९७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरी नै सख्त  घाइते भएका र  उपचारका क्रममा हेटौँडा अस्पतलामा दुवैको मृत्यु भएको हो।

प्रकाशित मिति: १२:२४ बजे, आइतबार, जेठ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्