Kathmandu Press

कञ्चनपुरकी रामकली ६ दिनदेखि सम्पर्कविहीन

कञ्चनपुर, जेठ २९ : लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन भएकी छन्। उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर...
कञ्चनपुरकी रामकली ६ दिनदेखि सम्पर्कविहीन

कञ्चनपुर, जेठ २९ : लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन भएकी छन्। उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन्। 

रामकलीलाई उनका भतिजा दिनेश रानाले फूपूलाई भेट्न जाने भनेपछि कलुवापुरसम्म मोटरसाइकलमा पु¥याएका थिए । यसपछि उनी बसमा जाने भनेर मोटरसाइकलबाट ओर्लिइन् र बस चढिन् । परिवारका सदस्यले फूपूकै घरमा पुगेकी होलिन् भनेर चासो दिएनन्।

Hardik ivf

परिवारजनले फूपूको घरमा रामकली नपुगेको खबर पाएपछि खोजखबर गर्न सुरु गरेका छन् । जेठ २६ गते रामकलीले छिमेकी दाजु मनोहर रानाको मोबाइलमा बिहान फोन गरिन् तर बोलिनन् । ‘त्यसपछि लगातार फोन लगाउन खोज्यौँ बोलिनन्,’ मनोहरले भने, ‘अझै पनि फोन गरिरहेका छौँ, फोन लागिरहेको छैन, स्वीचअफ छ।’

खोजतलासका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा आफन्तले निवेदनसमेत दिएका छन् । प्रहरीे र आफन्तले रामकलीको खोजबिन गरिरहेका छन् । हालसम्म पत्ता लाग्न सकेको छैन । रामकलीका श्रीमान् रामसाहेव रानाको गत वर्ष मृत्यु भएको थियो । उनी १५ वर्षीय छोरासँग बस्दै आएकी छन्।

‘रामकली एकाएक कता हराइन्, निकै चिन्तामा छौँ,’  जेठाजु गजेन्द्र रानाले भने, ‘फूपूको घर जाने भनेर गएकी कता हराइन् । अहिलेसम्म सम्पर्क हुनसकेको छैन।’ 

प्रकाशित मिति: १०:१६ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्