Kathmandu Press

कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

कैलाली, जेठ २९ : हावाहुरीका कारण जिल्लामा केराखेतीका क्षति भएको छ। हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानले बताएका...
कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

कैलाली, जेठ २९ : हावाहुरीका कारण जिल्लामा केराखेतीका क्षति भएको छ। हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानले बताएका हुन्।

केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले क्षति पुर्‍याएपछि किसान पीडामा छन्। हावाहुरीले कतिपय किसानका पूरै बारी ढालेको छ। हावाहुरीले किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती ढालेको छ। 

Hardik ivf

टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ। यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ।

यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किसानको गुनासो छ । “लहरे तरकारी बाली सबै ढालेको छ। लटरम्म फलेका बोडी, फर्सी, काक्रा, लौका, करेलाजस्ता तरकारीमा नोक्सान भएको छ”, किसान झपिन्द्र चौधरीले भने, ‘तरकारी बारी पूरै हावाहुरीका कारण धुलाम्मे भएको छ । माटो र बालुवा  बारीमा भरिएको छ।’

टीकापुर  नगरउपप्रमुख खड्कबहादुर शाहले हावाहुरीका कारण क्षति भएका विवरण आइरहेकाले क्षतिको विवरण संकलन गरी राहतका कार्यक्रम ल्याउने बताए। कार्यपालिका र विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका कार्यक्रम ल्याउने उनको भनाइ छ। (रासस)

प्रकाशित मिति: ०८:२५ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्