Kathmandu Press

चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँ, जेठ २९ : चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा एक बालिका घाइते भएकी छिन्।बाघको आक्रमणबाट आठ वर्षीया रियाना थापा घाइते भएकी हुन्।...
चितुवाको आक्रमणबाट बालिका घाइते
फाइल फोटो

तनहुँ, जेठ २९ : चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा एक बालिका घाइते भएकी छिन्।

बाघको आक्रमणबाट आठ वर्षीया रियाना थापा घाइते भएकी हुन्। उनको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले बताए। घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उनले बताए।

शनिबार साँझ बुवाआमा बजारबाट घर फर्किदै गरेको देखेर बालिका घरबाहिर निस्किएकी थिइन्। त्यही वेला चितुवाले आक्रमण गरेको र बुवाआमा दौडिएर आउनेबित्तिकै चितुवा भागेको थापाले बताए।

 

प्रकाशित मिति: ०७:१३ बजे, आइतबार, जेठ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्