Kathmandu Press

रसुवा जिससमा गोलाप्रथाबाट एमालेका उम्मेदवार निर्वाचित

रसुवा, जेठ २९ : स्थानीय तहअन्तर्गत रसुवा जिल्ला समन्वय समितिको प्रमुखमा गोलाप्रथाबाट टुंगो लगाइएको छ।गोलाप्रथामा नेकपा (एमाले) का उम्मेदवार अशोककुमार घिमिरे तथा उपप्रमुखमा...
रसुवा जिससमा गोलाप्रथाबाट एमालेका उम्मेदवार निर्वाचित

रसुवा, जेठ २९ : स्थानीय तहअन्तर्गत रसुवा जिल्ला समन्वय समितिको प्रमुखमा गोलाप्रथाबाट टुंगो लगाइएको छ।

गोलाप्रथामा नेकपा (एमाले) का उम्मेदवार अशोककुमार घिमिरे तथा उपप्रमुखमा एमालेकै उमेदवार विजय लामा निर्वाचित भएका हुन्। एमाले र कांग्रेसका उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट टुंगो लगाइएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए।

त्यस्तै, जिल्ला समन्वय समितिको सदस्यमा एमालेका उम्मेदवार खुवाप्रसाद पौडेल, कामीछिरिङ तामाङ, देशीरानी तामाङ तथा नेपाली कांग्रेसका उम्मेदवार तारकोत लामा, सविता गुरूङ, खीलबहादुर न्यौपाने र पार्वती विक निर्वाचित भएका छन्।

पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो। अब स्थानीय तहका सबै पदको निर्वाचन कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नेपालले बताए।

प्रकाशित मिति: ०६:४३ बजे, आइतबार, जेठ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्