स्याङ्जामा जिसस प्रमुख कांग्रेसको भागमा
काठमाडौं, जेठ २८ : जिल्ला समन्वय समिति स्याङजाको प्रमुख नेपाली कांग्रेसको भागमा परेको छ । आज गोलाप्रथाबाट गरिएको भागवण्डामा कांग्रेसको भागमा प्रमुख परेको हो...काठमाडौं, जेठ २८ : जिल्ला समन्वय समिति स्याङजाको प्रमुख नेपाली कांग्रेसको भागमा परेको छ ।
आज गोलाप्रथाबाट गरिएको भागवण्डामा कांग्रेसको भागमा प्रमुख परेको हो । भागवण्डा अनुसार प्रमुखसहित ४ सदस्य कांग्रेसको भागमा परेको छ भने उपप्रमुखसहित ५ सदस्य नेकपा एमालेको भागमा परेको छ ।
११ वटा स्थानीय तह रहेको स्याङ्जामा प्रमुख र उपप्रमुख २२ जनामध्ये कांग्रेस र एमालेले ११/११ सिट जितेपछि गोलाप्रथाबाट भागवण्डा गरिएको हो ।
गोलाप्रथाबाट भागवण्डा टुंगिएतापनि उम्मेदवार छनोट हुन भने बाँकी रहेको कांग्रेस जिल्ला सभापति राजु थापाले बताए ।
प्रकाशित मिति: २०:३६ बजे, शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१