Kathmandu Press

अष्ट्रेलियामा भानु अवार्डबाट शर्मा सम्मानित 

काठमाडौं, जेठ २८ : नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाले हरेक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्दै आएको भानु अवार्ड यस पटक...
अष्ट्रेलियामा भानु अवार्डबाट शर्मा सम्मानित 

काठमाडौं, जेठ २८ : नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाले हरेक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्दै आएको भानु अवार्ड यस पटक महेश्वर शर्माले प्राप्त गरेका छन्।

नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको आयोजनामा गैर आवासिय नेपाली संघ अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य समिती र अष्ट्रेलियन सरकारको सहयोगमा सिड्नीमा गरिएको कार्यक्रममा शर्मालाई उक्त अवार्ड प्रदान गरिएको हो। 

अष्ट्रेलियामा बस्दै आएका रुपन्देही देवदह स्थानीय घर भएका शर्मा हाल अष्ट्रेलियामा बस्दै आएका छन्।  उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य समेत हुन् । 

प्रकाशित मिति: २०:०१ बजे, शनिबार, जेठ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्