Kathmandu Press

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं, जेठ २८ : ठगीमा संलग्न रहेको अभियोगमा बाजुरा बडी मालिका नगरपालिका ७ बस्ने २७ वर्षीय शान्तराज तिमिल्सेनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ...
ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
Hardik ivf

काठमाडौं, जेठ २८ : ठगीमा संलग्न रहेको अभियोगमा बाजुरा बडी मालिका नगरपालिका ७ बस्ने २७ वर्षीय शान्तराज तिमिल्सेनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लुकीछिपी भिडियो बनाई ‘चरित्र हत्या गर्छु, विभिन्न सामाजिक सञ्जालमा हालि दिन्छु’ भनी धाक धम्की दिई ५० लाख फिरौती रकम माग गरेको र पीडितले ३ लाख दिएकोमा पुनः पटक पटक बाँकी रकम मागी धम्की दिई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा तिमिल्सेनालाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट अपराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

प्रकाशित मिति: १८:४२ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्