Kathmandu Press

दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला

दार्चुला, जेठ २८ : यहाँ एक पुरुष मृत फेला परेका छन्। शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्।महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा...
दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला

दार्चुला, जेठ २८ : यहाँ एक पुरुष मृत फेला परेका छन्। शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्।

महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुकीदेखि हराएका धामी आज मृतावस्थामा स्थानीयवासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:३२ बजे, शनिबार, जेठ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्