Kathmandu Press

सवारी दुर्घटनाबाट एकजनाको मृत्यु

काठमाडाैं जेठ २८ : गोदावरी नगरपालिका–५ मा आज सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी...
सवारी दुर्घटनाबाट एकजनाको मृत्यु

कैलाली, जेठ २८ : गोदावरी नगरपालिका–५ मा आज सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको चालक गोदावरी–८ का ललित चौधरीले चलाएको से १ त ३१०१ न। को ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका गोदावरी–५ गेटाका चौधरीले चलाएको च्याङ्फालाई ठक्कर दिँदा चालकको टाउकामा शरिरमा गम्भीर चोट लागेर बनाएको थियो।

घाइते चौधरीलाई सुरुमा धनगढी स्थित माया मेट्रो अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ। दुवै सवारी साधन र ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

प्रकाशित मिति: १७:३० बजे, शनिबार, जेठ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्