Kathmandu Press

युरोपेली संघकी प्रमुख युक्रेन भ्रमणमा

युरोपेली संघकी प्रमुख युक्रेन भ्रमणमा

किभ, जेठ २८ : युरोपेली संघकी प्रमुख उर्सुला भोनडेर लियनले रूसी आक्रमणको सामना गरिरहेको युक्रेनको भ्रमण गरेकी छन्।

युरोपेली संघको सहयोगका बारेमा छलफल गर्न उनी युक्रेन आएको अधिकारीहरुले जानकारी दिएका छन्। भ्रमणका क्रममा उनले शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संघमा युक्रेनको सदस्यताका बारेमा छलफल गरेकी छन्।

Hardik ivf

चाँडै सदस्यता पाउन युक्रेनले संघलाई अनुरोध गरिरहेका बेला संघका प्रमुख युक्रेन आभएको हो। संघले भने यसअघि नै तत्काल सदस्यता दिन नसकिने बताएको थियो।

उनीहरुका बीचमा युक्रेनको युद्ध अन्त्य गर्ने र पुनर्निर्माण गर्ने बारेमा पनि छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन्।

संघले रुसको आक्रमणप्रति सुरुदेखि नै आपत्ति जनाउँदै आएको छ। तत्काल आक्रमण रोक्न संघले रुसलाई आग्रह गर्दै आएको छ।

प्रकाशित मिति: १७:१० बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्