Kathmandu Press

श्रीलंकालाई मल किन्न भारतले दियो ५ करोड ५० लाख डलर

काठमाडाैं, जेठ २८ : चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कलाई भारत सरकारले युरिया मल खरिदका लागि पाँच करोड ५० लाख अमेरिकी डलर ऋण...
श्रीलंकालाई मल किन्न भारतले दियो ५ करोड ५० लाख डलर

काठमाडाैं, जेठ २८ : चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कलाई भारत सरकारले युरिया मल खरिदका लागि पाँच करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको छ। 

प्रधानमन्त्री रनिल विक्रमसिङ्घे, कृषिमन्त्री महिन्दा अमरावीर, श्रीलङ्काका लागि भारका उच्चायुक्त गोपाल वाग्ले र दुवै देशका उच्च अधिकारीहरूको उपस्थितिमा शुक्रबार यहाँ ऋणसम्बन्धी समझदारीपत्रमा श्रीलङ्का सरकार र भारतीय एक्जिम ब्याङ्कबीच हस्ताक्षर भएको हो। 

धान रोपाइँको अहिलेको याममा मल खरिद सुनिश्चित गर्न समयमै आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले द्रुत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हस्ताक्षर समारोहमा प्रधानमन्त्री विक्रमसिङ्घेले भारतको ‘छिमेक पहिले’ नीतिअनुसार प्राप्त ऋण सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १७:०० बजे, शनिबार, जेठ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्