Kathmandu Press

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडाैं, जेठ २८ : बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागुऔषध (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालयका...
लागुऔषधसहित दुई जना पक्राउ

काठमाडाैं, जेठ २८ : बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागुऔषध (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपालिका–२ महोलियाका २५ वर्षीय सुवास चौधरी पक्राउमा परेका हुन्।

उनका अनुसार पक्राउ पर्नेहरुका साथबाट दुई ग्राम ६९० मिलिग्राम खैरो हिरोइन खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो।

पक्राउ परेकाहरुले लागू औषध ओसारपसार गर्नका लागि प्रयोग गरेको  लु८४प ८१०८ नंको मोटरसाइकलसमेत प्रहरीले बरामद गर्नाका साथै उनीहरुमाथि  थप अनुसन्धान भइरहेको जनाएको छ। 

प्रकाशित मिति: १५:४२ बजे, शनिबार, जेठ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्