Kathmandu Press

उत्तर कोरियाकाे विदेशमन्त्री पहिलोपटक महिला

सोल, जेठ २८ : उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ। अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेश मन्त्री...
उत्तर कोरियाकाे विदेशमन्त्री पहिलोपटक महिला

सोल, जेठ २८ : उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ। 

अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेश मन्त्री बन्ने मौका पाएकी हुन्। 

यसअघि उपविदेश मन्त्रीको रुपमा पनि सेवा गर्नु भएकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गरेको अधिकारीहरूले जनाएका छन्।

कूटनीतिक सेवाबाट आएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेकी थिइन्। उनलाई अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान छ। 

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन्। 

उनले भने, 'मलाई लाग्छ, हाम्रो प्रस्तावलाई अस्वीकार गरेर अमेरिकाले सुनौलो अवसर गुमाएको छ।' 

अन्य देशहरूसँगको विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएको र विदेशी कतिपय कूटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले विदेश मन्त्रालयको जिम्मेबारी उहाँले प्रभावकारी रुपमा निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: १५:२७ बजे, शनिबार, जेठ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्