Kathmandu Press

हिन्दी, बाङ्ला र उर्दूलाई राष्ट्रसङ्घको मान्यता

न्युयोर्क, जेठ २८ : राष्ट्रसङ्घीय महासभाले हिन्दी, बाङ्ला र उर्दू भाषालाई उल्लेख गर्दै बहुभाषिकातासम्बन्धी प्रस्ताव पारित गरेको छ।शुक्रबार पारित उक्त प्रस्तावले राष्ट्रसङ्घका औपचारिक...
हिन्दी, बाङ्ला र उर्दूलाई राष्ट्रसङ्घको मान्यता

न्युयोर्क, जेठ २८ : राष्ट्रसङ्घीय महासभाले हिन्दी, बाङ्ला र उर्दू भाषालाई उल्लेख गर्दै बहुभाषिकातासम्बन्धी प्रस्ताव पारित गरेको छ।

शुक्रबार पारित उक्त प्रस्तावले राष्ट्रसङ्घका औपचारिक एवम् अनौपचारिक सञ्चार एवम् सन्देश ती भाषामा सम्प्रेषण गर्न बाटो खोलेको छ। 

संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि टिएस त्रिमूर्तिले हिन्दीसहित बाङ्ला र उर्दुलाई प्राथमिकता दिएकामा उक्त विश्व संस्थाको सराहना गर्दै महासचिव एन्टोनियो गुटरेसप्रति आभार व्यक्त गरेका छन्। 

भारतले सन् २०१८ देखि राष्ट्रसङ्घीय विश्व सञ्चार विभागसँग साझेदारी गर्दे हिन्दीमा समाचार एवम् समाचार सामग्री तयार गर्न बजेटरी सहयोग गर्दै आएको छ। बहुभाषिकता विश्वसमुदायबीच सामञ्जस्यपूर्ण सञ्चार र बहुपक्षीय कूटनीति सञ्चालनका निम्ति अपरिहार्य मानिन्छ। 

अरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रूसी र स्पानेली राष्ट्रसङ्घका औपचारिक सञ्चारका आधिकारिक भाषा हुन्। अङ्ग्रेजी र फ्रान्सेली राष्ट्रसङ्घीय सचिवालयका कामकाजका भाषा हुन्। 

प्रकाशित मिति: १५:२३ बजे, शनिबार, जेठ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्