Kathmandu Press

पूर्वसांसद एवं एमाले नेता भद्रबहादुर थापाको निधन

काठमाडौं, जेठ २८ : पाल्पा–१ का पूर्वसांसद एवं एमाले नेता भद्रबहादुर थापाको ७० वर्षको उमेरमा निधन भएको छ।रामपुर नगरपालिका वडा नम्बर १० स्थित आफ्नै...
पूर्वसांसद एवं एमाले नेता भद्रबहादुर थापाको निधन

काठमाडौं, जेठ २८ : पाल्पा–१ का पूर्वसांसद एवं एमाले नेता भद्रबहादुर थापाको ७० वर्षको उमेरमा निधन भएको छ।

रामपुर नगरपालिका वडा नम्बर १० स्थित आफ्नै निवासमा थापाको आज (शनिबार) बिहान उनको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनी मुटुको रोगबाट ग्रसित थिए। 

उनी २०४७ सालमा संविधान जारी भएपछि २०४९ को स्थानीय निकायको निर्वाचनमा तत्कालीन गेझा गाविस अध्यक्षमा निर्वाचित भएका थिए।

२०५४ सालमा पुनः साबिक गावसिको वडा ४ अध्यक्षमा निर्वाचित उनी पाल्पा जिल्ला विकास समितिको उपसभापतिसमेत भएका थिए।

२०५६ सालको आम निर्वाचनमा पाल्पा–१ मा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। थापा पछिल्लो समय एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्य थिए।

थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रकाशित मिति: १५:१६ बजे, शनिबार, जेठ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्