Kathmandu Press

ट्याक्टरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं, जेठ २८ : भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ।से२प ५६५८ नंको मोटरसाइकललाई...
ट्याक्टरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Hardik ivf

काठमाडाैं, जेठ २८ : भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

से२प ५६५८ नंको मोटरसाइकललाई से१त ९६६८ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

बेदकोट नगरपालिका–१० का २५ वर्षीय ट्र्याक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

प्रकाशित मिति: १५:०४ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्