Kathmandu Press

पाकिस्तानको दिगो आर्थिक विकासका निम्ति ९० खर्ब ५० अर्बको बजेट

काठमाडाैं, जेठ २८ : देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति रू ९० खर्ब ५० अर्बको बजेट...
पाकिस्तानको दिगो आर्थिक विकासका निम्ति ९० खर्ब ५० अर्बको बजेट

काठमाडाैं, जेठ २८ : देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति रू ९० खर्ब ५० अर्बको बजेट सार्वजनिक गरेको छ। 

वित्तीय चुनौती बढेको वर्तमान अवस्थामा सन्तुलित एवम् जनता केन्द्रित बजेट ल्याइएको अधिकारीहरूले बताएका छन्। शुक्रबार सङ्घीय अर्थमन्त्री मिफता इस्माइलले संसद्को तल्लो सदनमा बजेट प्रस्तुत गर्दै त्यसले देशको दिगो आर्थिक विकासलाई केन्द्रमा राखेको र आगामी वर्ष% प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको बताए। 

Hardik ivf

कुल रू नौ खर्ब ५० अर्बको बजेजमध्ये कर्जा प्रवाहका लागि रू तीन अर्ब ९५ करोड कर्जा प्रवाह र रू आठ खर्ब सार्वजनिक क्षेत्र विकास कार्यक्रमका निम्ति विनियोजन गरिएको जानकारी दिँदै अर्थमन्त्री इस्माइलले रक्षा खर्चका लागि रू १।५२३ खर्ब छुट्याइएको बताए। 

बजेटमा गरिब जनताको हितमा लक्ष्यित अनुदानका लागि रू छ खर्ब ९९ अर्ब र विपन्न वर्गको उत्थानका लागि सञ्चालन गरिने अन्य कार्यक्रमका निम्ति रू एक अर्ब ४२ करोड अनुदान प्रस्ताव गरिएको छ। त्यसैगरी बजेटमा सङ्घीय राजस्व रू सात खर्ब र गैर राजस्व रू दुई खर्ब हुने अनुमान गरिएको छ। 

बजेटलाई सन्तुलित, प्रगतिशील एवम् जनहितकारीको संज्ञा दिँदै प्रधानमन्त्री सहेबाज सरिफले आर्थिक जोखिमका प्रभाव घटाउन र जनताका समस्या कम गर्न आफ्नो सरकारले कठोर निर्णय लिँदै चुनौतीहरूबाट बाहिर निस्कने बताएका छन्। 

प्रकाशित मिति: १४:४० बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्