Kathmandu Press

बोलिभियाकी पूर्वराष्ट्रपति अनेजलाई १० वर्ष जेल सजायको फैसला 

बोलिभियाकी पूर्वराष्ट्रपति अनेजलाई १० वर्ष जेल सजायको फैसला 

लापाज, जेठ २८ : बोलिभियाकी पूर्वराष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ। 

उgलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो।

अहिले ५४ वर्ष हुनुभएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो। 

Hardik ivf

उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकीछन्। आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको भनाइ छ। 

पूर्वराष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनुपर्ने भएको छ। उनलाई लापाज स्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन्।  

उनले संविधानले दिएको आफ्नो जिम्मेबारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उनलाई सजायको फैसला गरिएको अदालतको भनाइ छ। 

उनका विपक्षीहरूले भने उनलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए। उनलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेला देखि कै विभिन्न आरोपहरू लगाइएको छ।

दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बनेकी थिइन्। त्यसअघि उनी बोलिभियाको सिनेटको उपाध्यक्ष भएका थिइन्। उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गराएका थिए। 

मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरी चर्को विरोध भएपछि उनले राजीनामा दिन बाध्य हुनुपरेको थियो। राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उनले मेक्सिकोमा शरण लिएकी थिइन्।

उनले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो। 

अनेज राजनीतिमा आउनुभन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत थिए। 

प्रकाशित मिति: १४:१६ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्