Kathmandu Press

राज्यसभा निर्वाचन : राजस्थानका सबै सिटमा कांग्रेसको जित 

जयपुर, जेठ २८ : भारतमा शुक्रबार राज्य सभा निर्वाचन भएका राज्य मध्ये राजस्थानमा कांग्रेसले एक्लै जित हासिल गरेको छ।कुल १६ सिटका लागि कडा प्रतिस्पर्धाका...
राज्यसभा निर्वाचन : राजस्थानका सबै सिटमा कांग्रेसको जित 

जयपुर, जेठ २८ : भारतमा शुक्रबार राज्य सभा निर्वाचन भएका राज्य मध्ये राजस्थानमा कांग्रेसले एक्लै जित हासिल गरेको छ।

कुल १६ सिटका लागि कडा प्रतिस्पर्धाका बीचमा भएको निर्वाचनबाट आठ सिटमा भने भारतीय जनता पार्टी (भाजपा) नै विजयी भएको छ। भाजपाले हरियाणा, महाराष्ट्र र कर्नाटकमा जित हासिल गरेको हो ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको थियो । 

यसअघि भारतको उत्तर प्रदेश, तमिल नाडु, आन्ध्र प्रदेश, विहार, उडिसा, मध्य प्रदेश, पञ्जाब, छत्तिसगढ, उत्तराखण्ड, झारखण्ड र तेलंगनाबाट भने हालै ५७ जना निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
 

प्रकाशित मिति: १४:१३ बजे, शनिबार, जेठ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्