Kathmandu Press

बेपत्ता युवकको शव इनारमा फेला

कपिलवस्तु, जेठ २८ : कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ।तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा...
बेपत्ता युवकको शव इनारमा फेला

कपिलवस्तु, जेठ २८ : कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ।

तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो। 

श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए।

उनका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ।

प्रकाशित मिति: १३:५६ बजे, शनिबार, जेठ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्