Kathmandu Press

पशुपतिको सल्लाहकारमा तायल मनोनीत

काठमाडाैं, जेठ २८ : पशुपति क्षेत्र विकास कोषले कैलालीको धनगढीका समाजसेवी श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनीत गरेको छ।उनलाई आज समितिको...
पशुपतिको सल्लाहकारमा तायल मनोनीत

काठमाडाैं, जेठ २८ : पशुपति क्षेत्र विकास कोषले कैलालीको धनगढीका समाजसेवी श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनीत गरेको छ।

उनलाई आज समितिको सल्लाहकारमा मनोनीत गरिएको कोषका सदस्य पूर्णसंगम जेठाराले जानकारी दिए।

उनका अनुसार भगवान् पशुपतिनाथको मन्दिर जीर्णोद्धारलगायत कोषलाई विविध क्षेत्रमा योगदान पुर्‍याउन तायललाई कोषको निर्णयअनुसार सल्लाहकारमा मनोनयन गरिएको हो।

तायलले कैलालीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको बताइएको छ।

प्रकाशित मिति: १२:२१ बजे, शनिबार, जेठ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्