Kathmandu Press

एउटै गाउँमा आठवटा सडक

गलेश्वर, जेठ २८ : म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँमा मुख्यसहित आठ वटा सडक निर्माण गरिएका छन्।पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा...
एउटै गाउँमा आठवटा सडक
फाइल फोटो

गलेश्वर, जेठ २८ : म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँमा मुख्यसहित आठ वटा सडक निर्माण गरिएका छन्।

पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौँ जानुपर्ने पश्चिम म्याग्दीको मालिका–२ रुम गाउँका बिरामीलाई अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अस्पतालमा जान पाएका छन्।

रुम बासीका दुःख र पीडामा पछिल्ला पाँच वर्षको अवधिमा मलहम लागेको छ। गाउँमा सडक पुगेको छ। यो पाँच वर्षको अवधिमा रुमका अधिकांश बस्तीमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तार भएको छ।

Hardik ivf

गाउँमा पुग्न दरबाङदेखि मुख्य सडकसँगै अभिारादेखि अरु सातवटा सडक खुलेका छन्। पाँच वर्ष पहिला गाउँमा सडक पुगेको थिएन।

गाडी भेट्न पैदल हिँडेर दरबाङ बजार झर्नुपर्थ्यो। दैनिक उपभोग्य वस्तुलगायतका सामग्री खच्चडलाई बोकाएर गाउँमा ल्याउनुपर्थ्यो। बिरामीलाई अस्पताल लग्न स्ट्रेचरमा राखेर घण्टौँसम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो।

पाँच वर्षअघि म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँका स्थानीयवासीका दुःख, पीडा भए पनि स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम रुम गाउँको मुहार फेरिएको छ। घर आँगनबाटै रुमवासी मोटर चढेर पालिका केन्द्र दरबाङ र बेनीसम्म पुग्ने सुविधा पाएका छन्।

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यो पाँच वर्षको अवधिमा रुमका सबै बस्तीमा सडक पुगेको पूर्व वडाध्यक्ष नरबहादुर पुनले बताए।
अधिभरादेखि रुम गाउँ आउने मुख्य सडकका साथै आठवटा अन्य सडक निर्माण भएको उनले बताए।

गाउँका सबै बस्तीमा सडक पहुँच विस्तार भएको छ। पूर्व वडाध्यक्ष पुनले भने, 'कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ।'

सडक स्तरोन्नति र सडक पुलको व्यवस्था मिलाउन सके रुम गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सहज हुने उनले बताए। गाउँमा सडक पुगेपछि दैनिक उपभोग्य वस्तु ढुवानी मूल्य आधाले घटेकाले सुलभ दरमा गाउँमै दैनिक उपभोग्य वस्तु पाउन थालेको छ। (रासस)

प्रकाशित मिति: ०७:३६ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्