Kathmandu Press

सुर्खेतको जिससमा एमाले र माओवादी तालमेल

वीरेन्द्रनगर, जेठ २८ : जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरेर नेतृत्व चयन गरेका छन्।जिल्ला समन्वय समिति...
सुर्खेतको जिससमा एमाले र माओवादी तालमेल

वीरेन्द्रनगर, जेठ २८ : जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरेर नेतृत्व चयन गरेका छन्।

जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा नेकपा (एमाले) का गङ्गाराम सुनार निर्वाचित भएका छन्। त्यस्तै, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का सचिनकुमार बडुवाल निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार एमाले र माओवादीको गठबन्धनबाट सुनार र बडुवाल निर्वाचित भएका हुन्।

त्यस्तै महिला सदस्यमा चन्द्रा धामी, शान्ति ताराम र मीना मल्ल, अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा तथा अल्पसङ्ख्यकतर्फ  सावित्रा टमटा निर्वाचित भएका छन्।

 

प्रकाशित मिति: ०६:२९ बजे, शनिबार, जेठ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्