Kathmandu Press

चाँगुनारायण नपाले दीर्घरोगीलाई आर्थिक सहयोग दिने

भक्तपुर, जेठ २७ : भक्तपुरको चाँगुनारायण नगरपालिकाले दीर्घरोगीका बिरामीलाई आर्थिक सहयोग गर्ने भएको छ। नगरपालिकाले पालिकाका स्थानीय दीर्घरोगीलाई मासिक ५ हजार रूपैयाँ औषधि...
चाँगुनारायण नपाले दीर्घरोगीलाई आर्थिक सहयोग दिने

भक्तपुर, जेठ २७ : भक्तपुरको चाँगुनारायण नगरपालिकाले दीर्घरोगीका बिरामीलाई आर्थिक सहयोग गर्ने भएको छ। नगरपालिकाले पालिकाका स्थानीय दीर्घरोगीलाई मासिक ५ हजार रूपैयाँ औषधि उपचारवापत आर्थिक सहयोग दिन लागेको हो।

नगरपालिकाले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत मिर्गौला प्र्रत्यारोपण गरेको, डायलाइसिस गराइरहेका, मेरुदण्ड पक्षघात भएको र क्यान्सर रोगी भएको बिरामीलाई औषधि उपचारवापत खर्च उपलब्ध गराउने कार्यविधि, २०७८ बमोजिम बिरामीलाई आर्थिक सहयोग गर्ने नगरप्रमुख जीवन खत्रीले जानकारी दिए।

प्रमुख खत्रीले दीर्घरोगीका बिरामीले लामो समयसम्म उपचार गरिरहनुपर्ने भएकाले बढी खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम गर्न औषधि उपचार खर्च उपलब्ध गराउने नीतिअन्तर्गत सहयोग दिने बताए । नपाले बिरामीलाई सहयोग दिनेका नाम सङ्कलन गर्ने कार्य थालिसकेको प्रमुख खत्रीले बताए।

प्रकाशित मिति: २१:२७ बजे, शुक्रबार, जेठ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्