Kathmandu Press

महँगोमा धानको बीउ वितरण गर्ने सहकारीले मुल्य फिर्ता गर्ने

पाल्पा, जेठ २७ : अनुदानको धानको बीउ खरिद गरी महँगो मुल्यमा विक्री गरेको दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुरले किसानलाई रकम...
महँगोमा धानको बीउ वितरण गर्ने सहकारीले मुल्य फिर्ता गर्ने

पाल्पा, जेठ २७ : अनुदानको धानको बीउ खरिद गरी महँगो मुल्यमा विक्री गरेको दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुरले किसानलाई रकम फिर्ता दिने भएको छ ।

सहकारीले प्रतिकिलो ३९ रुपैयाँमा रामपुर नगरपालिकाबाट अनुदानमा खरिद गरी ल्याएको धानको बीउ ४५ रुपैयाँमामा किसानलाई बिक्री गरेको थियो ।

Hardik ivf

‘अनुदानको धानको बीउ महङ्गो मुल्यमा किसानलाई वितरण’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि सहकारीको सञ्चालक समितिको शुक्रवार बसेको बैठकले विविध कारणले गर्दा उठाइएको रकम फिर्ता दिने निर्णय गरिएको छ ।

प्रतिकिलो रु दुई ढुवानी खर्च मात्रै लिने, धान वितरणमा परिचालित कर्मचारी खाजा खर्च, भण्डारण खर्च सबै सहकारीले व्यहोर्ने गरी चार रुपैयाँ फिर्ता गर्ने निर्णय भएको सहकारीका अध्यक्ष भेषबहादुर वंशीले बताए। अब सहकारीले प्रतिकिलो २ रुपैयाँमा मात्र नाफा राख्ने र बाँकी रकम किसानको खातामै जम्मा गरिने अध्यक्ष वंशीले बताए।

सहकारीले ढुवानी, भण्डारण खर्च, धान वितरणमा परिचालित जनशक्तिलाई खाजा खर्च, खुल्ला धान विक्री गर्दा पैसा फिर्ता गर्न झण्झटजस्ता कारण देखाउँदै प्रतिकिलोमै रु छ नाफा लिएर बीउ वितरण गरेको हो ।

किसानलाई सहुलियतमा वितरण गर्न ल्याइएको अनुदानको बीउ बढी  मुल्यमा बिक्री गरेको थाहा पाएपछि रामपुर नगरपालिकाले लिखित पत्र सहकारीलाई बुझाए पश्चात् रकम फिर्ता दिने भएको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउँछन्।

प्रकाशित मिति: २१:१९ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्