Kathmandu Press

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

सुर्खेत, जेठ २७ : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पारित भएको छ । दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो ।

प्रदेशसभाको १०औां अधिवेशनको ११औं बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेश गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका थिए।

त्यसैगरी सभामुखले कर्णाली प्रदेशसभा नियमावली, २०७४ लाई दोस्रो संशोधन गर्न गठित समितिको प्रतिवेदन सभासमक्ष पेश गर्न समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई समय थिए।

प्रकाशित मिति: २१:११ बजे, शुक्रबार, जेठ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्