Kathmandu Press

बाराको इटाभट्टामा मृत भेटिए बृद्ध

बारा, जेठ २७ : बाराको कलैयाको एक इटाभट्टमा बृद्ध मृत भेटिएका छन्।भीआईपी ईटा उद्योगको जग्गामा कलैया उपमहानगरपालिका–९ रामपुरका अन्दाजी ६५ वर्षीय अहमद मिया...
बाराको इटाभट्टामा मृत भेटिए बृद्ध

बारा, जेठ २७ : बाराको कलैयाको एक इटाभट्टमा बृद्ध मृत भेटिएका छन्।

भीआईपी ईटा उद्योगको जग्गामा कलैया उपमहानगरपालिका–९ रामपुरका अन्दाजी ६५ वर्षीय अहमद मिया चुरिहार मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार चुरिहारको शव रगतले लतपतिएको अवस्थामा शव भेटिएको थियो। थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा पुगेको छ।

प्रकाशित मिति: २०:२७ बजे, शुक्रबार, जेठ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्