Kathmandu Press

भाडामा यात्रु बोक्ने एम्बुलेन्सको छानबिन हुँदै

भाडामा यात्रु बोक्ने एम्बुलेन्सको छानबिन हुँदै

पाल्पा, जेठ २७ : पाल्पा रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु बोकेको सम्बन्धमा छानबिन हुने भएको छ।

बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि सो विषयमा छानविन गर्न अस्पताल विकास समितिले समिति गठन गरेको छ।

अस्पतालले छानबिनका लागि अस्पतालका प्रमुख नेत्रनारायण पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो। समितिले छानविन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने छ। छानबिन प्रक्रियालाई अघि बढाइएको र यथार्थ जानकारी लिने पोखरेलले बताए।

अस्पतालको बा २ झ १७४३ नम्बरको एम्बुलेन्स पाल्पा तानसेनको प्रभासबाट चार यात्रु रामपुर लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्दा केही दिनअघि ट्राफिक प्रहरीको कारबाहीमा परेको थियो ।

भाडामा यात्रु बोकेको शंका लागेपछि सोधपुछ गर्दा कारबारहीमा परेको हो। पहिलो पटक रहेकाले रु एक हजार जरिवाना गरी एम्बुलेन्सलाई छोडिएको थियो।

प्रकाशित मिति: २०:११ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्