Kathmandu Press

मन्त्री बडूसँग स्पेन र इण्डोनेसियाका राजदूतको भेटवार्ता

काठमाडौं, जेठ २७ : नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जोसे मारिअ रिडाओ डोमिन्गेउ र ्इन्डोनेसीयाका राजदूत हेरु हार्तान्तो सुबोलोले उद्योग, वाणिज्य तथा आपूर्ति...
मन्त्री बडूसँग स्पेन र इण्डोनेसियाका राजदूतको भेटवार्ता

काठमाडौं, जेठ २७ : नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जोसे मारिअ रिडाओ डोमिन्गेउ र ्इन्डोनेसीयाका राजदूत हेरु हार्तान्तो सुबोलोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्।

मन्त्री बडूले नेपालका लागि गैरआवासीय राजदूतमा नियुक्त हुनुभएकोमा डोमिन्गेलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिए। साथै उनले स्पेनले कोभिड–१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि प्रशंसा गर्दै यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरसमेतमा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने विचार व्यक्त गरे।

Hardik ivf

नेपाल र स्पेनबीच व्यापार तथा वैदेशिक लगानीका क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै मन्त्री बडूूले राजदूतबाट पनि यस क्षेत्रमा नेपाल र स्पेनबीचको सहयोगलाई थप प्रभावकारी बनाउन उल्लेख्य भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरे।

राजदूत डोमिन्गेउले विगतदेखि नै नेपाल र स्पेनबीचको सम्बन्ध प्रगाढ रहँदै आएको स्मरण गरे। उनले ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन बढाउनेलगायतका विषयमा दुई देशबीच थप सहकार्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न सकिने बताएका थिए।

त्यसैगरी नेपालका लागि इन्डोनेशीयाका गैरआवासीय राजदूतसँगको भेटमा नेपाल र इन्डोनेशीयाबीचको सम्बन्धका विविध आयाम बारे छलफल भएको थियो । मन्त्री बडूले नेपाली वस्तु तथा सेवा निर्यात गर्ने देशमध्ये इन्डोनेसिया तेस्रो ठूलो देश भएकोले दुवै देशसँग व्यापार र लगानीको क्षेत्रमा सहकार्य गर्ने प्रचुर सम्भावना रहेको बताएका थिए।

राजदूत सुबोलोले आगामी अक्टोबरमा इन्डोनेसियामा हुन लागेको विश्वस्तरीय ट्रेड एक्स्पो २०२२ मा नेपालका निजी क्षेत्रसहितको नेतृत्व गर्दै मन्त्री बडूको सहभागिता हुने अपेक्षा व्यक्त गरे । यसले दुई देशबीच व्यापार विस्तारका साथै विश्वका अरु मुलुकसँग पनि वस्तु तथा सेवा विस्तारमा सहयोग पुग्ने विचार व्यक्त गरे।

 

प्रकाशित मिति: १९:०५ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्