Kathmandu Press

चालु आर्थिक वर्षमै २० वर्षे वाग्मती गुरुयोजना सार्वजनिक गरिने

चालु आर्थिक वर्षमै २० वर्षे वाग्मती गुरुयोजना सार्वजनिक गरिने

काठमाडाैं, जेठ २७ : अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले चालु आर्थिक वर्षमै काठमाडौँ उपत्यकाको सभ्यताको स्रोतका रूपमा बग्ने वाग्मती सुधारको २० वर्षे गुरुयोजना ल्याउने भएको छ।

वाग्मती र यसका सहायक नदीलाई स्वच्छ बनाउने उद्देश्यले २० वर्षे गुरुयोजना ल्याउन लागिएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो। गुरुयोजनामा नदी सभ्यतालाई पुरानै स्वरूपमा फर्काउने गरी कार्ययोजना बनाउन लागिएको छ। 

गुरुयोजनामा नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन कहाँ कहाँ पोखरी राख्ने, कुन नदीको चौडाइ कति कायम गर्ने, नदी प्रणालीलाई कसरी प्रदूषण मुक्त गर्ने भन्ने उल्लेख गर्न लागिएको समितिले जनाएको छ। विभिन्न क्षेत्रका विज्ञसँगको सहकार्यमा परामर्शदाता कम्पनीले तयार पारेको गुरुयोजनाको प्रारम्भिक प्रस्तुति गरिएको छ। 

गुरुयोजनालाई अन्तिम रूप दिन सबै क्षेत्रका विज्ञसहित अन्तरक्रिया कार्यक्रमसमेत गर्ने तयारी भएको छ। गुरुयोजना कार्यान्वयन गरेर काठमाडौँ उपत्यकाको नदी सभ्यतालाई सुधार गर्न लागिएको जनाइएको छ।

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, जेठ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्