Kathmandu Press

११ महिनामा बाघको आक्रमणबाट १५ को मृत्यु

चितवन, जेठ २७ : मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ। चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ आज नियन्त्रणमा...
११ महिनामा बाघको आक्रमणबाट १५ को मृत्यु
Hardik ivf

चितवन, जेठ २७ : मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ। चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ आज नियन्त्रणमा लिएको हो।

उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका वडा १ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाइबा) लाई आक्रमण गरी घाइते बनाएको थियो। सोही क्षेत्रबाट बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। उनका अनुसार बस्ती नजिकको झाडीबाट बाघलाई नियन्त्रणमा लिइएको हो। 

उक्त बाघलाई निकुञ्जको सौराहा क्षेत्रमा रहेको खोरमा राखिनेछ। सो भाले बाघको उमेर भने खुलेको छैन। यसअघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसरास्थित खोरमा राखिएको छ। चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १८:०५ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्