Kathmandu Press

एमसिसी खारेज गर्नुपर्ने भन्दै प्रदर्शन

काठमाडाैं, जेठ २७ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसिसी खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ। एमसीसीका नाममा अमेरिकी सम्राज्यवादी हस्तक्षेप...
एमसिसी खारेज गर्नुपर्ने भन्दै प्रदर्शन

काठमाडाैं, जेठ २७ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसिसी खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ। 

एमसीसीका नाममा अमेरिकी सम्राज्यवादी हस्तक्षेप बढ्न खोजेकाले यसलाई खारेज गर्नुपर्ने भन्दै नेकपाले शुक्रबार काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले गो ब्याक एमसीसी, अमेरिकी हस्तक्षेप बन्द गर लगाएतका नारा लगाएका थिए।

त्यस्तै उनीहरुले भ्रष्ट्राचार एवं कमिसनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरुले मल बिउ नपाएर तड्पिनुपर्ने अवस्था अन्त्य गर्न पनि माग गरेका छन्।

नेकपाले जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकामहरुमा बिरोध प्रदर्शन र घेराउ गर्ने जनाएको छ भने चर्को महङ्गी र भाडाबृद्धि बिरुद्ध असार ५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने जनाएको छ। 

प्रकाशित मिति: १७:५७ बजे, शुक्रबार, जेठ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्