Kathmandu Press

‘वार्ताबाट सीमा समस्या समाधान गर्न भारत र चीन सक्षम छन्’

बेइजिङ, जेठ २७ : चीनले भारतसँगको सीमा विवाद समाधान गर्न दुवै देशसँग इच्छा र क्षमता भएको स्पष्ट गरेको छ। भारत भ्रमणमा आएका एक...
‘वार्ताबाट सीमा समस्या समाधान गर्न भारत र चीन सक्षम छन्’

बेइजिङ, जेठ २७ : चीनले भारतसँगको सीमा विवाद समाधान गर्न दुवै देशसँग इच्छा र क्षमता भएको स्पष्ट गरेको छ। भारत भ्रमणमा आएका एक अमेरिकी सैनिक अधिकारीले लद्दाखमा चिनियाँ गतिविधिको स्तरलाई ‘आश्चर्यजनक’ को संज्ञा दिएपछि चीनले उक्त प्रतिक्रिया दिएको हो। 

वार्ता र परामर्शका माध्यमबाट सीमा समस्या समाधान गर्न आफूहरू सक्षम रहेको जनाउँदै चिनियाँ विदेश मन्त्रालयले दुई देशबीचको मामिलालाई लिएर अमेरिकाले गरेको टिप्पणी ‘आगोमा घीउ’ थप्ने खालको भएको बताएको छ।

भारतको चारदिने भ्रमणमा रहेका अमेरिकी सेनाका प्यासिफिक कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले गरेको टिप्पणीपछि चीनको उक्त प्रतिक्रिया सार्वजनिक भएको हो। भारतका पत्रकारहरूसँगको कुराकानीमा फ्लिनले लद्दाख क्षेत्रमा चीनले निर्माण गरेका पूर्वाधार डरलाग्दा एवम् विष्मयकारी भनेका थिए।  

केही अमेरिकी अधिकारीले चीन र भारतबीच फाटो ल्याउन खोजेको, आफूहरूमाथि औँला उठाएर अपमान गरेको बताउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले क्षेत्रीय शान्ति र स्थायित्वका लागि अमेरिकाले योगदान गर्ने विश्वास व्यक्त गरे। 

यसैबीच, भारतीय विदेश मन्त्रालयले पनि पूर्वी लद्दाख क्षेत्रमा चिनियाँ पक्षले पूर्वाधार निर्माण गरेको घटनालाई ध्यानपूर्वक निगरानी गरिरहेको बताएको छ। 

प्रकाशित मिति: १७:०३ बजे, शुक्रबार, जेठ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्