Kathmandu Press

शेयर बजार सुधारको माग गर्दै माइतीघरमा प्रदर्शन 

पुँजीबजार सुधार संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा दुईसय बढी मानिसहरु सहभागि थिए। 
शेयर बजार सुधारको माग गर्दै माइतीघरमा प्रदर्शन 

काठमाडौं, जेठ २७ : पुँजीबजार लगातार ओरोलो लागेपछि लगानीकर्ताहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।  सेयर बजार सुधारको माग गर्दै शुक्रबार माइतीघरमा प्रदर्शन गरिएको छ।

पुँजीबजार सुधार संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा दुईसय बढी मानिसहरु सहभागि थिए।

प्रदर्शनका क्रममा एक वर्षअघिको १९ बुँदे माग सुनुवाई गर्नुपर्ने,  ५८ बुँदे सुझावको पूर्ण कार्यान्वय हुनुपर्ने, पुँजी बजारलाई प्रभाव पार्ने अभिव्यक्ति बन्द गर्नुपर्ने, नीतिगत भ्रष्टाचार बन्द गर्नुपर्ने, स्थिर ब्याजदर कायम गर्नुपर्ने लगायतका मागहरु राखेका छन्।

प्रकाशित मिति: १६:४८ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्