Kathmandu Press

कोरोना नियन्त्रणमा प्रहरी अस्पतालले निर्वाह गरेको भूमिका सराहनीय : महानिरीक्षक सिंह

कोरोना नियन्त्रणमा प्रहरी अस्पतालले निर्वाह गरेको भूमिका सराहनीय : महानिरीक्षक सिंह

काठमाडाै., जेठ २७ : नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले कोरोना सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरी अस्पतालले निर्वाह गरेकोे भूमिका सराहनीय रहेको बताएका छन्।

महानिरीक्षक सिंहले आज प्रहरी अस्पताल निरीक्षण गर्दै विगत ४० वर्षदेखि निरन्तररूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको यस अस्पतालले कोरोना सङ्क्रमण नियन्त्रणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउँदै औषधिको गुणस्तर बढाउन, पारदर्शी सेवाप्रवाह गर्नका साथै कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

अस्पतालका मेडिकल निर्देशक डा आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम् प्रविधि र पद्दतिलाई अङ्गीकार गरी स्वस्थ वातावरण तथा विरामीमैत्री सेवा प्रदान गर्न सदैव तत्पर रहेको बताए।

प्रकाशित मिति: १६:४८ बजे, शुक्रबार, जेठ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्