Kathmandu Press

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ २७ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ९ सय १५ पिसिआर परिक्षणका क्रममा ७...
थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ २७ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ९ सय १५ पिसिआर परिक्षणका क्रममा ७ जना र १ हजार १ सय ५५ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा १ लाख ६७ हजार १ सय ८१ जना निको भएका छन्।

हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्