ब्राजिलमा मंकीपक्सकाे पहिलो घटना पुष्टि
साओ पाउलो, जेठ २७ : ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।भर्खरै स्पेन र पोर्चुगलको यात्रा...
साओ पाउलो, जेठ २७ : ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ।
बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै राखिएको बताइएको छ ।
यद्यपी यसअघि पनि साओ पाउलोमा २६ वर्षीया एक महिलालाई मङ्कीपक्स् हो कि भन्ने शङ्कामा अस्पतालमा भर्ना गरेर अनुसन्धान भइरहेको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












