Kathmandu Press

मेरिल्यान्ड गोलीकाण्डमा तीनको मृत्यु

मेरिल्यान्ड गोलीकाण्डमा तीनको मृत्यु

मेरिल्यान्ड, जेठ २७ : मेरिल्यान्डस्थित  स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ।

एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो।  राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताउनु भएको छ। गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको जनाएका छन्।

आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो। वासिङ्टनको प्रहरी कार्यालयले बिहीबार दिउँसो करिब २.३० बजे बाल्टिमोर शहरबाट करिब ७५ माईलटाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ।

गत केही वर्षयता संयुक्त राज्य अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ। कोभिड–१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएका हुन्। 

यो वर्ष  देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन्।  उक्त अवधिमा अमेरिकामा  कम्तिमा एकसय १० गोलीबारी भएका छन्। 

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, जेठ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्