Kathmandu Press

राष्ट्रसंघीय सुरक्षा परिषदमा थपिए पाँच सदस्य

संयुक्त राष्ट्रसंघ, जेठ २७ : राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्रल्याण्ड निर्विरोध निर्वाचित भएका छन्।एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य...
राष्ट्रसंघीय सुरक्षा परिषदमा थपिए पाँच सदस्य

संयुक्त राष्ट्रसंघ, जेठ २७ : राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्रल्याण्ड निर्विरोध निर्वाचित भएका छन्।

एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२  स्वीट्जरल्याण्डले १८७ मत पाएका छन्। 

Hardik ivf

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने भएकाले १५ सदस्यीय सुरक्षा परिषद्मा निर्वाचित हुन धेरै देशले त्यसलाई ठूलो उपलब्धि एवम् सफलता मान्ने गरेका छन् । 

विश्वभर युक्रेन युद्ध अहिलेको जल्दोबल्दो विषय बनेको छ। रूसको भिटो शक्तिले परिषद्लाई उसलाई कारबाही गर्नबाट रोकेको छ ।

गत फेब्रुवरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि परिषद्ले दुवै देशका कूटनीतिज्ञ एवम् समर्थकहरूलाई भेला गराएर धेरै बैठक गरेको भए पनि शान्तिपूर्ण समाधान गर्न परिषद् असफल भएको छ। 

परिषद्का कार्यसूचीमा युक्रेनबाहेका सिरिया र यमनदेखि माली र म्यान्माका साथै उत्तर कोरिया तगा इरानबाट उत्पन्न आणविक जोखिमका अन्तर्राष्ट्रिय मुद्दा पनि छन्।

इस्लामिक स्टेट र अलकायदाजस्ता चरमपन्थी समूहले सृजना गरेका चुनौती र आक्रमण साम्य पार्न परिषद्लाई कठिनाइ भइरहेको छ।

प्रकाशित मिति: १४:४८ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्