Kathmandu Press

जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन ३१ गते हुने

ताप्लेजुङ, जेठ २७ : जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन यही ३१ जेठमा हुने भएको छ।नौ स्थानीय तह रहेको ताप्लेजुङमा ३१ गते जिल्ला समन्वय...
जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन ३१ गते हुने

ताप्लेजुङ, जेठ २७ : जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन यही ३१ जेठमा हुने भएको छ।

नौ स्थानीय तह रहेको ताप्लेजुङमा ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन हुने भएको हो। 

जेठ २८ गते मनोनयनको कार्यक्रम राखिने छ भने २९ गते उम्मेदवारी फिर्ता र दाबी–विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले बताए।

उहाँका अनुसार ३० गते मौन अवधि र ३१ गते निर्वाचन हुने गरी निर्वाचन कार्यक्रमको सूची प्रकाशित हुने तयारी गरिएको छ।

नौ स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष गरी ताप्लेजुङको जिल्ला समन्वय समितिको निर्वाचनमा १८ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, जेठ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्