घट्यो सुनको मूल्य
काठमाडाैं, जेठ २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले घटेर रु. ९७ हजार ७०० तोकिएको छ।पहेंलो धातु अघिल्लो दिन...
काठमाडाैं, जेठ २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले घटेर रु. ९७ हजार ७०० तोकिएको छ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. ९८ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार २०० छ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले घटेर रु. एक हजार २६५ कायम रहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











