Kathmandu Press

म र मेरो परिवारलाई आक्रमण गर्नेमाथि तत्काल कारबाही हाेस् : सांसद चौधरी

म र मेरो परिवारलाई आक्रमण गर्नेमाथि तत्काल कारबाही हाेस् : सांसद चौधरी

काठमाडाैं, जेठ २७ : लोसपाकी सांसद चन्दा चौधरीले स्थानीय चुनावका बेला आफूमाथि भएको आक्रमण गर्नेमाथिको कारबाहीको प्रक्रियाका बारेमा सरकारसँग जानकारी माग गरेकी छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद चौधरीले आफ्नै घरमा गठबन्धनका कार्यकर्ताले आफ्नो हत्या प्रयास गरेको र ८० वर्षकी आमामाथि दुर्व्यवहार गरेको भन्दै आक्रमण गर्नेमाथिको कारवाहीको प्रक्रियाका बारेमा गृहमन्त्रीसँग जानकारी माग गरेका हुन्।

त्यस्तै २७ वर्षदेखि आफ्नो घरमा आक्रमण भएको र आफ्नो दाईलाई कांग्रेसमा रहेका बेला बेपत्ता पारिएको उनले बताए। उनले आफ्नो परिवारमाथि आक्रमण गर्ने कानुनसम्म दोषीलाई कारबाही गरी आफूलाई न्याय दिन माग गरे।

उनले आफूमाथि भएको आक्रमणको प्रयासपछि ४० मिनेटपछि उद्दार गरिएको समेत बताए। चुनावमा सांसदमाथि भएको यस्तो घटना अन्य केही पनि नभएको उनको भनाइ छ। 

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, जेठ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्