Kathmandu Press

प्रधानाध्यापक कुट्नेलाई कारबाही होस् : सांसद खतिवडा

काठमाडाैं, जेठ २७ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद घनश्याम खतिवडाले यही जेठ २४ गते मोरङको रत्नमाई नगरपालिका–९ का जनता माविका प्रधानाध्यापक ईश्वर खनाललाई...
प्रधानाध्यापक कुट्नेलाई कारबाही होस् : सांसद खतिवडा

काठमाडाैं, जेठ २७ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद घनश्याम खतिवडाले यही जेठ २४ गते मोरङको रत्नमाई नगरपालिका–९ का जनता माविका प्रधानाध्यापक ईश्वर खनाललाई कुटपिट गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले प्रधानाध्यापक खनाललाई सोही वडाका वडाध्यक्ष इन्द्रबहादुर लिम्बूले नेपाली कांग्रेसको पार्टी कार्यालयमा बोलाई सन्तोष घिमिरेमार्फत निर्मम तरिकाले कुटपिट गराएको बताए।

सांसद खतिवडाले शिक्षकलाई बिनाकारण कुटिएको हुँदा  पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न माग गरे।

प्रकाशित मिति: १३:२३ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्