Kathmandu Press

भारतमा थप सात हजार ५८४ नयाँ सङ्क्रमित

काठमाडाैं, जेठ २७ : भारतमा बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण...
भारतमा थप सात हजार ५८४ नयाँ सङ्क्रमित

काठमाडाैं, जेठ २७ : भारतमा बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। 
    
हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २६७ रहेका छन्। यो कुल सङ्क्रमितको०।०८ प्रतिशत भएको जनाइएको छ। हिजो कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका थिए। 

बिहीबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ७९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४४ हजार ९२ पुगेको छ। अहिले कोरोना भाइरस मुक्ति दर ९८।७० प्रतिशत रहेको छ। 

गत २४ घण्टाको समायावधीमा कोरोना महामरीको कारण २४ जनाको मृत्यु भएपछि पाँच लाख २४ हजार ७४७ जना पुगेका छन्। 

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ४० लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ। भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो।

सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ७६ लाख भन्दा बढी डोज खोप लगाइएको छ। 

प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, जेठ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्