Kathmandu Press

सिचुआनमा ६.० म्याग्निच्युडको भूकम्प

बेइजिङ, जेठ २७ : दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६=० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प...
सिचुआनमा ६.० म्याग्निच्युडको भूकम्प
Hardik ivf


बेइजिङ, जेठ २७ : दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६=० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ। 

तेह्र किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ।

यसअघि शुक्रबार यस सहरमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो। यस भूकम्पको हालसम्म धनजनको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्