Kathmandu Press

युगान्डामा भोकमरी समस्या, सहयोगका लागि आग्रह

काठमाडाैं, जेठ २७ : युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोगका लागि आह्वान गरेका छन्।ती एजेन्सीहरुले बुधबार यहाँका कम्तीमा पनि...
युगान्डामा भोकमरी समस्या, सहयोगका लागि आग्रह

काठमाडाैं, जेठ २७ : युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोगका लागि आह्वान गरेका छन्।

ती एजेन्सीहरुले बुधबार यहाँका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ।

Hardik ivf

युगान्डामा रहेका राष्ट्रसङ्घीय एजेन्सीहरुले बुधबार सो आह्वान गरेका बताइएको छ। युगान्डाको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या भएको हो।

राष्ट्रसङ्घीय एजेन्सीहरुका अनुसार यहाँ प्रतिदिन खाद्यान्नको अभाव हुदै गएको र यहाँ अहिले महिनामा कम्तीमा पनि तीन दिनका लागि कुनै पनि खाद्यान्न नहुने गरेको पाइएको हो।

यहाँ केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ। यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरुले बताउँदै आएका थिए।

युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरुले यहाँका बालबालिकमामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको  अभाव पनि बढ्दै जाने देखिएको बताएका छन्।  

यहाँको यो अवस्थाका बारेमा सरकार र राष्ट्रसंघीय अधिकारीहरुले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव हुने र नागरिकहरु कुपोषणको शिकार हुने अवस्था रहेको जनाएका छन्।

प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्