Kathmandu Press

युएनडिपी र पर्यटन बोर्डको सहकार्यबारे छलफल

युएनडिपी र पर्यटन बोर्डको सहकार्यबारे छलफल

काठमाडौं, जेठ २७ : नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजाले युएनडिपीअन्तर्गत पर्यटन बोर्डद्वारा सञ्चालित कार्यक्रमबारे छलफल गरेका छन्। 

वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दिगो पर्यटन विकासमा जोड दिन आग्रह गर्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ। उनले पर्यटन आर्थिक विकासको महत्वपूर्ण क्षेत्र भएको चर्चा गर्दै बोर्डले गरेका पर्यटन मजदुरका लागि रोजगारी सिर्जना तथा पर्यटकीय गन्तव्य विस्तारजस्ता कार्यले दिगो पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे। 
    
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले युएनडिपीजस्ता संस्थाको सहकार्यले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै सरकार पर्यटन बोर्ड दिगो पर्यटन प्रवर्धन गर्दै आर्थिक विकास र रोजगारी सिर्जनामा ध्यान दिइरहेको जानकारी दिए।

Hardik ivf

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपालमा पर्यटनको संस्थागत विकासमा युएनडिपीको लामो समयदेखि योगदान निरन्तर रहने विश्वास व्यक्त गरे। उनले युएनडिपीको सहयोगमा सञ्चालिन जीविकोपार्जनका लागि पर्यटन पुनःरुत्थान कार्यक्रम (एसटीएरआरपी) बाट कोभिडबाट पर्यटन क्षेत्रमा परेको असर न्यूनीकरण गर्दै अल्पकालीन रोजगारी सिर्जना तथाा पर्यटकीय गन्तव्यको विकासमा सहयोग पुगको जानकारी दिए। 

यस्तै बोर्डका निर्देशक मणिराज लामिछानेले बोर्डले एसटीएलआरपी कार्यक्रमका माध्यमबाट करिब ६ हजारलाई अल्पकालीन रोजगारी दिन सकिएको जानकारी दिँदै यो कार्यक्रममा स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संस्थासँग सहकार्यमा गरिएको बताए। 

प्रकाशित मिति: ११:०६ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्